Logo

ईश्वर पोखरेलको टिप्पणी : अहिलेको पाँच दलीय गठबन्धन विचार नमिल्नेहरुको समूह हो



काठमाडौं, २२ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अहिलेको पाँच दलीय गठबन्धनलाई विचार नमिल्नेहरुको समूहको संज्ञा दिएका छन् । उनले वर्तमान सरकारले संविधान उल्लघंन गर्ने प्रयास गरेको आरोप लगाए ।

पाँच दलीय गठबन्धनमा आवद्ध दलहरुमा विचारको समानता नभएको भनाई थियो । उनले भने,‘संघीयताको स सुन्न नचाहाने पनि त्यही छन्,’ उनको भनाइ छ, ‘संघीयता पुगेन भन्ने पनि त्यही छन् । प्रत्यक्ष निर्वाचित शासकीय स्वरुपको वकालत गर्नेहरु पनि त्यही छन् । परम्परागत संसदीय व्यवस्थाको वकालत गर्नेहरु पनि त्यही छन् ।’

आज (शनिबार) प्रेस चौतारी स्थापना दिवस अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले यस्तो बताएका हुन् । उनले भने,‘श्रीमानले बनाएको सरकार, श्रीमानले बनाएको प्रधानमन्त्रीले संविधानमा किटानी गरिएको व्यवस्थालाई उल्लघंन गर्ने धृष्टता गर्दै छन, काूननलाई उल्लघंन गर्ने धृष्टता गर्दै छ। यदि यो स्थानीय तहको निर्वाचन कानूनमा तोकिएको समय भित्रै भएन भने त्यसको विरुद्धमा देशव्यापीरुपमा जन परिचालन हुन्छ ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot