Logo

प्रसिद्ध गायिका लता मंगेशकरको निधन



एजेन्सी, २३ माघ । प्रशिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ । मंगेशकरको शनिबार राति उपचारका क्रममा निधन भएको एजेन्सीले जनाएको छ । उनको ‘मल्टी अर्गान फेलर’का कारण निधन भएको हो ।

एक महिनादेखि बिरामी परेकी मंगेशकरलाई केही दिन अगाडी मात्र अस्पताल भर्ना गरिएको थियो । उनलाई कोरोनाभाइरसको संक्रमण पछि निमानिया संक्रमण पनि देखिएको थियो ।

उनले आफ्नो जीवनकालमा ३६ भाषामा ३० हजारभन्दा बढीमा आवाज दिएकी छन् । साथै, उनले थुप्रै नेपाली गीत पनि गाएकी छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot