Logo

बुटवल पावर कम्पनीको नाफा बढ्यो, अन्य अवस्था कस्तो ?



काठमाडौ, २३ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बुटवल पावर कम्पनीको नाफा ३१.१२ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा १३ करोड ८३ लाख ९८ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा १८ करोड १४ लाख ६५ हजार रुपैयाँ पुगेको छ ।

विद्युत् बिक्रीबाट हुने आम्दानी ८.४० प्रतिशतले बढेर ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले विद्युत् बिक्रीबाट ३९ करोड ३ लाख २० हजार रुपैयाँ मात्रै कमाएको थियो । यता, गत वर्ष १ करोड ६३ लाख ९५ हजार रुपैयाँ रहेको अन्य स्रोतबाट हुने आम्दानी यो वर्ष २ करोड ६७ लाख ८ हजार रुपैयाँ पुगेको छ ।

पुस मसान्तसम्म आइपुग्दा बुटवल पावरको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५९ पैसा पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २१२ रुपैयाँ ४३ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्