Logo

सवारी साधनमा लागु जोर विजोर हट्ने, रात्रिकालिन व्यवसाय पनि खुल्ने



काठमाडौं,२३ माघ । कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी काठमाडौं उपत्यकामा सवारी साधनमा लागु भएको जोर विजोर प्रणाली हट्ने भएको छ ।

आज जोरबिजोर प्रणाली र रात्रिकालिन व्यवसाय सञ्चालनको विषयमा छलफल गर्न तीन प्रमुख जिल्ला प्रमुखहरुको बैठक बस्न लागेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले जानकारी दिए । रिजालले सिसिएमसीले सिफारिस गरेको अनुसार आजको बैठकमा रात्रिकालिन व्यवसाय खुलाउने विषयमा पनि छलफल गर्ने बताए । उनले भने,‘आजको बैठकले उपत्यकामा जारी सवारी साधनमा लागु भएको जोर विजोर प्रणाली हटाउने विषयमा निर्णय गर्ने र रात्रिकालिन व्यवसायहरु पनि खुलाउने विषयमा छलफल हुनेछ ।’

बैठकमा काठमाडौं, ललितपुर र भक्तपुर तीनवटै जिल्लाका सिडिओहरू सहभागी भई नयाँ आदेश जारी गर्ने भएका छन् । बैठक आज ५ बजे बस्दैछ ।

सिसिएमसीले निजी सवारीसाधनमा लागु गरिएको जोरबिजोर प्रणाली हटाउन र रात्रिकालिन व्यवसाय सञ्चालन गर्न सिफारिस गरेको छ। यसैगरी, फागुन १ गतेदेखि विद्यालय सञ्चालन गर्न दिन पनि सिफारिस गरेको हो।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot