Logo

बार्सिलोनाको शानदार जीत



एजेन्सी । स्पेनिस लिग ला लिगामा क्याटलान क्लब बार्सिलोनाले शानदार जीत निलालेको छ । आइतबार राति भएको खेलमा बार्सिलोनाले एथ्लेटिको म्याड्रिडलाई ४-२ गोलले पराजित गर्दै लिगको शिर्ष चारमा उक्लिएको हो ।

क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जीत दिलाउन जोर्डी अल्बा, रोनाल्ड अरौजो, डानी आल्भेस र पाब्लो गाभिराले एक/एक गोल गरे । एथ्लेटिकोको लागि यानिक कारास्को र लुइस सुआरेजले एक/एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा एथ्लेटिको हार बेहोर्न बाध्य भयो । आठौं मिनेटमा सुआरेजको पासमा कारास्कोले गोल गर्दै एथ्लेटिकोलाई शुरुवाती अग्रता दिलाएका थिए ।

दसौं मिनेटमा डानी आल्भेसको पासमा अल्बाले गोल गर्दै बार्सिलोनालाई बराबरीमा ल्याए । २१ औं मिनेटमा एडम ट्राओरेको पासमा गाभिराले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । ४३ औं मिनेटमा फेरान टोरेसको पासमा अरौजोले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ४९ औं मिनेटमा डानी आल्भेसले गोल गर्दै बार्सिलोनालाई सहज जीततर्फ अगाडि बढाएका थिए ।

५८ औं मिनेटमा गिमिनेजको पासमा सुआरेजले गोल गर्दै एथ्लेटिकोको गोलअन्तर घटाए । तर बाँकी समयमा थप गोल गर्न नसक्दा बार्सिलोना ४-२ गोलले विजयी भयो । जीतसँगै बार्सिलोना २२ खेलबाट ३८ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । समान खेलमा ३६ अङ्क जोडेको एथ्लेटिको पाँचौ स्थानमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस्