Logo

काठमाडौं महानगरपालिका विद्यार्थीलाई आजदेखि फाइजर खोप



काठमाडौं, माघ २४ । काठमाडौं महानगरपालिका भित्रका विद्यार्थीलाई आजदेखि कोरोनाविरूद्ध दोस्रो मात्राको खोप लगाउन सुरु गरिएको छ । यस खोप अभियान आजदेखि फागुन ५ गतेसम्म जारी रहने छ ।

महानगरद्वाराजारी सूचना अनुसार १२ वर्षदेखि १७ वर्ष उमेरका विद्यार्थीलाई फाइजरको दोस्रो मात्रा लगाईनेछ । काठमाडौं महानगरभित्रका ३२ वटै वडामा रहेका तोकिएका विद्यालयहरूमा शनिबारबाहेक अन्य दिनमा बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सकिनेछ ।



प्रतिक्रिया दिनुहोस्