Logo

देश बेच्ने पैसा हामीलाई चाहिँदैन, प्रचण्डले एमसीसीलाई पत्र लेख्नु बाध्यता : मात्रिका यादव (भिडिओसहित)



काठमाडौं, २४ माघ । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता तथा पूर्वमन्त्री मात्रिका यादवले एमसीसी नेपालको हितमा रहेको छ वा छैन भन्ने कुरा पहिले हेर्नुपर्नेमा जोड दिएका छन् । उनले प्रचण्डले प्रतिगमनविरुद्धको लडाई लडेर किस्तीमा लगेर शेरबहदुर देउवालाई प्रधानमन्त्री पद दिएको सुनाए ।

उनले अग्रगमनमा मुलुकलाई अघि बढाउनको लागि आफूहरुले देउवालाई प्रधानमन्त्री बनाएको जिकिर गरे । उनले कतिपय कुरामा प्रचण्डको उदारता धेरै नै देखिएको सुनाए । तर, प्रचण्डले एमसीसी यथास्थितिमा पास नगर्ने भनेर भनिसकेको पनि यादवको भनाई छ ।

हिजो राति प्राइम टिभीबाट प्रशारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा बोल्दै उनले एमसीसीमा साझा सहमति गर्नुपर्नेमा जोड दिए । उनले प्रतिगमनलाई परास्त गर्नको लागि नै आफूहरुले गठबन्धनको सरकार बनाएको दाबी गरे । एमसीसीलाई पत्राचार गर्दा प्रचण्डले हस्ताक्षर गर्नु बाध्यता थियो भन्ने उनको भनाई छ । उनले आफूहरुलाई देश बेच्नेखालको पैसा नचाहिने पनि दाबी गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot