Logo

उर्जामन्त्री भुसालले भनिन्–एमसीसी पास/फेल जे भएपनि हामी निर्वाचनसम्म सरकार छोड्दैनौं



काठमाडौं, २४ माघ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले आफुहरु तत्काल सरकारबाट नबाहिरिने स्पष्ट पारेकी छिन् । पछिल्लो समय एमसीसीको कारण सत्ता गठबन्धन टुट्ने चर्चा चलिरहेको र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पनि सरकारबाट बाहिरिने भनेको समाचर आएपछि मन्त्री भुसालले यस्तो स्पष्ट पारेकी हुन् ।

पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा मन्त्री भुसालले आगामी निर्वाचनसम्म वर्तमान गठबन्धन कायम रहने दाबी गरिन् । उनले भनिन्,‘ऋषिजी ढुक्क हुनुहोस, हामी निर्वाचनसम्म नै सरकारमा रहन्छौं । यो गठबन्धन पनि तलमाथि हुँदैन् ।’ उनले एमसीसी पास वा फेल जे भएपनि पाँच दलीय गठबन्धन कायम रहने दाबी गरिन् ।

हिजोमात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग एमसीसी, संसद्को अवरोध हटाउने र स्थानीय तहको निर्वाचनबारे छलफल गरेका थिए । प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र पनि हिजै बाहिरिएको थियो ।

उता, एमसीसीले पनि पनि एमसीसीबारे यही फेब्रुअरी २८ तारिखसम्म अन्तिम निर्णय लिन भनेर देवा र र प्रचण्डलाई समयसिमा तोकेको छ । प्रधानमन्त्री देउवा जसरी भएपनि एमसीसी अघि बढाउने पक्षमा छन् । उनले यसको लागि बरु गठबन्धन तोड्नुपरे पनि तोड्ने र एमालेको सहयोग लिनेसम्मको तयारी थालेका छन् । प्रचण्डले भने यथास्थितिमा एमसीसी पास गराउन नसकिने भन्दै यसलाई एमालेको समेत सहयोगमा चुनावपछि छलफल गर्नुपर्ने प्रस्ताव राखेका छन् । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot