Logo

स्वदेशी निर्माण व्यवसायीले तीन अर्बसम्मको ठेक्का लिने पाउने सरकारको निर्णय



काठमाडौं, २४ माघ । स्वदेशी निर्माण व्यवसायीले तीन अर्बसम्मको ठेक्का लिन पाउने भएका छन् । मन्त्रिपरिषदको निर्णयले एक अर्बको दायरलाई बढाएर तीन अर्ब बनाउने निर्णय गरेको हो ।

यसअघि एक अर्बभन्दा बढीको ठेक्का लिंदा विदेशी कम्पनीसँगको साझेदारीमा लिन पाउने व्यवस्था थियो । विदेशी कम्पनीसँगको साझेदारी विना नै तीन अर्बसम्मको ठेक्का लिन पाइने छ ।

मन्त्रिपरिषदको निर्णय नेपाली राजपत्रमा प्रकाशित भएपछि सार्वजनिक खरिद नियमावली संशोधन हुनेछ ।

निर्माण व्यवसायीहरुले ठेक्का लाग्ने वित्तिकै १० र काम सुरु गरेपछि १० प्रतिशत रकम पाउने व्यवस्थामा परिवर्तन भएको छ । अब ठेक्का लाग्ने वित्तिकै ५ र काम सुरु गरेपछि ५ प्रतिशत पाउने व्यवस्था गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot