Logo

सांसद बानियाँमाथि बलात्कारको आरोप, जुम्लाकी शिक्षिकाले दिईन प्रहरीमा जाहेरी



बाँके, माघ २५ । सांसद मोहन बानियाँमाथि बलात्कारको आरोप लागेको छ । नेकपा (एमाले)का नेता बानियाविरुद्ध जुम्लाकी एक शिक्षिकाले बलात्कारको आरोप लगाएकी हुन् । बानियाँ मुगुका सांसद हुन् ।

ती शिक्षिकाले नेपालगञ्जको अप्सरा होटलमा बानियाँले आफूलाई दुई पटक बलात्कार गरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालय बाँकेमा सोमबार जाहेरी दिएकी छिन् । शाही थरकी ती शिक्षिकाले दिएको जाहेरी दर्ता भइसकेको छैन ।

जाहेरीमा माघ १९ गते राति होटलमा बसेका बेलामा बानियाँले बलात्कार गरेको आरोप लागाइएको छ । ती शिक्षिका र सांसद बानियाँबीच लेनदेनको बिषयसमेत रहेको बुझिएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान थालेको छ ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको पुष्टि गर्दै भने– सांसद बानियाँविरुद्ध बलात्कारको जाहेरी परेको छ । हामी बुझ्दै छौँ । मंगलबार यस बारेमा अरू प्रक्रिया अघि बढ्छ । त्यो रात दुई पटक कण्डम लगाएर बलात्कार गरको उनको दाबी छ । महिलाको स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । प्रहरी अधिकृतको सम्पर्कमा आएका बानियाँले ‘महिलाले नभएको कुरा’ गरेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot