Logo

हिउँ खेल्न गएका १६ वर्षीय दुई किशोर बेपत्ता



गोरखा, २५ माघ । गोरखा बारपाकका दुई जना किशोरहरु गत बिहीबारदेखि बेपत्ता भएका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीया किशोरहरु साइला घले र वडा नम्वर २ का करन घले गत बिहीवारदेखि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ ।

हिउँ खेल्न भन्दै उनीहरु गत माघ २० गते लाप्राक गएका थिए । खाना खाएर घरबाट निस्किएका उनीहरु त्यसयता सम्पर्कमा नआएको प्रहरीको भनाई छ । छोरा हराएको भन्दै आफन्तले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।

उनीहरु आफन्तकोमा गएको पनि हुनसक्ने भएकाले सबैतिर सम्पर्कको प्रयास भईरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot