Logo

नेपाली कांग्रेस पदाधिकारी बैठक आज बस्दै



काठमाडौं, २५ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो ।

आगामी माघ २७ गते कार्यसम्पादन समितिको बैठक बस्ने भएकोले त्यसैको तयारीका लागि पदाधिकारी बैठक बस्न लागेको बुझिएको छ ।

बैठकमा सभापति शेरबहादुर देउवा भने बैठकमा सहभागी नहुने बुझिएको छ । बैठकमा भ्रातृसंगठनका अधिबेशन र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल गरिने भएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot