Logo

बढ्ने अनुमान गरिएको सेयर बजार किन घट्यो ?



काठमाडौं, २५ माघ । कारोबारको तेस्रो तिन (मंगलबार) नेप्से सुचक बढ्ने अनुमान गरिएको थियो । राजनीतिक अन्योलताका बीच मन्त्रीपरिषदको बैठकले हिजो स्थानीय तहको निर्वाचन वैशाख ३० गते निर्णय गरेको थियो । यो निर्णय पछि आज खुलेको सेयर बजारमा उछाल आउने अनुमान लगानीकर्ताको थियो ।

साना लगानीकर्ता मात्र होइन्, ठूला लगानीकर्ताहरु समेत निर्वाचनको मिति घोषणासँगै बजार बढ्ने अभिव्यक्ति सामाजिक सञ्जालमा दिइरहेका थिए । यद्यपि केहिले भने निर्वाचनको मिति घोषणा र सेयर बजारको कुनै सम्बन्ध नरहेको बताउदै आएका थिए ।

सामाजिक सञ्जालमा भएका हल्लाको प्रभाव सेयर बजारमा आज नपरेको भने होइन् । प्रि ओपन सेसनमा नेप्से सूचक २५.७० अंकले बढेको थियो । त्यसपछि पनि बजार खुलेको केहि मिनेटमै बजार करिब ६९ अंकले बढेको थियो । तर, बजार बढेपछि लगानिकर्ताहरुले नाफा बुक गर्न लाग्दा बजार स्थिर रहन नसकेको जानकारहरु बताउछन् । त्यसपछि नेप्से लगातार ओरालो लाग्दै अन्तत दोहोरो अंकले घटेर बन्द भएको छ ।

आज नेप्से १६ अंकले घट्दा ६ अर्ब बढीको शेयर कारोबार भएको छ । नेप्से परिसुचक आज १६ दशमलव ३० अंकले घटेर २८ सय ३५ दशमलव ५८ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज २ दशमलव ८२ अंकले घटेर ५३२ दशमलव ४९ विन्दु कायम भएको छ ।
आज २३० कम्पनीको ६ अर्ब २८ करोड ७२ लाख १७ हजार ९८५ रुपैयाँ बराबरको १ करोड २० लाख ५३ हजार ७५१ कित्ता शेयर खरिद विक्रि भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot