Logo

देउवा, दाहाल, नेपाल र यादव एमसीसी पास गराउने पक्षमा



काठमाडौं, २५ माघ । अमेरिकी सहयोग सम्झौता एमसीसीको कारण सत्ता गठबन्धन नै टुट्ने चर्चा चलिरहेको बेला गठबन्धनमा आवद्ध प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी, नेपालका नेतृत्वले भने एमसीसी पास गराउने भद्र सहमति गरेका छन् ।

एमसीसीको कारण कुनैपनि हालतमा गठबन्धन तोड्न नहुने पक्षमा चार दलका नेतृत्व पुगेको स्रोतको दाबी छ । यसको लागि कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र जसपाका अध्यक्ष उपेन्द्र यादवबीच भद्र सहमति भएको स्रोतको दाबी छ ।

पछिल्लो समय प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएपछि सत्ता गठबन्धनमा मात्रै नभएर राजनीतिक वृत्तमा नै तरंग पैदा भएको छ । यसले सबैभन्दा बढि अप्ठ्यारो प्रचण्डलाई परेको चर्चा छ ।

तर, प्रचण्डले भने गठबन्धनका नेताहरुसँग आफू एमसीसी पास गराउन सकारात्मक रहेको भन्ने जवाफ दिने गरेका छन् । आजमात्रै नेपालस्थित् अमेरिकी राजदूतले प्रचण्डसँग भेटवर्ता गरेको चर्चा छ । उक्त भेटमा पनि दाहालले एमसीसी पास गराउन गठबन्धनमा साझा धारणा बनिरहेको जवाफ दिएका छन् ।

Related News:

माधव नेपाल एमसीसीको विपक्षमा नजाने रणनीतिमा



प्रतिक्रिया दिनुहोस्

Screenshot