Logo

कमल थापाले गीताको कसम खाएर ‘राप्रपालाई कदापि फुट्न दिने छैन’ भनेको त्यो क्षण (भिडियोसहित)



काठमाडौं, २५ माघ । कमल थापा त्यो दिन निकै जोसमा थिए । उत्साहका साथ हसिलो मुद्रामा बोलिरहेका थिए । २८ फागुन २०७६ को त्यो क्षणमा उनी कार्यकर्ताहरुले घेरिएका थिए ।

कमल थापाले त्यो दिन भनेका थिए,‘सम्पूर्ण कार्यकर्ताहरु देशभर टेलिभिजन हेरिरहनुभएका हजारौं लाखौं साथीहरु, विदेशमा बसेर हेरिरख्नुभएका पार्टीलाई माया गर्ने साथीहरुलाई साक्षी प्रतिज्ञा गर्दछु म कहिले पनि पार्टी फुटाउने छैन ।’ उनले बोल्दा तालीको गडगडाहट सुनिएको थियो । त्यसपछि रोक्किएका थिए ।

तपाईंहरुलाई विश्वास लागेन मैंले गीता ल्याएको छु भन्दै थापाले भने, यो गीता हातमा राखेर हामी हिन्दुराष्ट्र चाहने सनातन धर्मका पक्षपातीहरु, यो गीतालाई हातमा राखेर कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिनेछैन ।



प्रतिक्रिया दिनुहोस्