Logo

नेपाली कांग्रेस पदाधिकारी बैठक आज पनि बस्दै



काठमाडौं, २६ माघ । सत्तारुढ दल नेपाली कांग्रेसको पदाधिकारी बैठक आज पनि बस्ने भएको छ । स्थानीय तह निर्वाचनबारे छलफल गर्न बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको  जनाइएको छ ।

बैठकमा स्थानीय तह निर्वाचनको अतिरिक्त म्याद सकिएका भातृ तथा शुभेच्छुक संगठन र बाँकी रहेको जिल्ला अधिवेशनलगायत विषयमा छलफल हुने स्रोतले जनाएको छ । कांग्रेसको पदाधिकारी बैठक कार्यसम्पादन समिति बैठक अगाडि बसेको हो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot