Logo

गजल विवादबारे अन्जुको प्रतिक्रिया– अफिसियल भनेर सार्वजानिक हुनु दुखद र अन्यायपूर्ण हो



काठमाडौं, २६ माघ । चर्चित गजल ‘न बिर्से तिमीलाई न पाएँ तिमीलाई’ को ‘नयाँ भर्सन’बारे पछिल्लो समय सामाजिक सञ्जालमा बहस भइरहेको छ ।

गायिका अन्जु पन्तको स्वरमा रहेको यस गजलको नयाँ भर्सन बजारमा आएपछि यसबारे चर्चा चुलिएको हो ।

नयाँ भर्सनमा पछिल्लो समयमा सर्वाधिक चर्चामा रहेकी गायिका रचना रिमालले स्वर दिएकी छिन् । यसमा कतिपयले रचनाले अन्जु पन्तको जस्तो गाउन नसकेको टिप्पणी गरेका छन् । साथै, यसअघिका गायक÷गायिकाको नामै उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक गर्नु गलत भएको भन्दै सामाजिक सञ्जालमा पक्ष र विपक्षमा आलोचना भइरहेको छ ।

गायिका रचना रिमालको आवाजमा ‘रिरेकर्ड’ भएको गीतको भिडियो ३ फेब्रुअरीमा ‘किरण क्रियसन युट्युब च्यानल’मार्फत सार्वजनिक भएको थियो ।

यसबारे गायिका अन्जु पन्त पनि बोलेकी छिन् । गायिका पनतले नयाँ भर्सन आउनु खुसीकै कुरा भए पनि यसअघिका गायक÷गायिकाको नामै उल्लेख नगरी अफिसियल भनेर सार्वजनिक गरिनु दुखद् र अन्यायपूर्ण भएको उनको प्रतिक्रिया छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उनले यस्तो प्रतिक्रिया दिएकी हुन् ।

यस्तो छ उनको प्रतिक्रियाः



प्रतिक्रिया दिनुहोस्

Screenshot