Logo

‘ए’ डिभिजन लिगः पुलिस र च्यासलबीचको खेल आज हुँदै



काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत स्थिगित भएको नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीचको खेल आज (बुधबार) हुने भएको छ ।

लिगको नवौं चरण अन्तर्गत पुलिस र च्यासलबीचको खेल खेलाडीमा कोरोना संक्रमण देखिएपछि पुष्टि भएपछि स्थिगित भएको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज हुने खेल दिउँसो १ बजे सुरु हुनेछ ।

यस अघि शनिबार हुने तय भएको खेल वर्षाका कारण मैदान खराब भएपछि आजका लागि सारिएको हो ।

लिगमा पुलिस ८ खेलमा ७ अंक जोडेर ११औं स्थानमा रहेको छ भने च्यासल ८ खेलमा ५ अंक साथ १३औं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot