Logo

जुट्यो सरकार चुनावको तयारीमा, गृहमन्त्री र अर्थमन्त्रीबीच छलफल



काठमाडौं, २६ माघ । सरकारले आगामी बैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ । निर्वाचनको मिति घोषणा गरेसँगै सरकार पनि निर्वाचनको तयारीमा जुटेको छ ।

यसैक्रममा गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्माबीच छलफल भएको छ । बुधबार गृह मन्त्रालयमा भएको भेटमा दुई मन्त्रीहरुबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको हो । छलफलमा निर्वाचनलक्षित बजेटमा पनि विशेषगरी सुरक्षा निकाय (नेपाल प्रहरी र सशस्त्र प्रहरी)का लागि अत्यावश्यक सवारीसाधन र बन्दोबस्तीका सामानबारे छलफल भएको स्रोतले जनाएको छ ।

अर्थमन्त्री शर्माले निर्वाचनमा अर्थ मन्त्रालयलाई परेको चापबारे अवगत गराएका थिए । File Photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot