Logo

‘ए’ डिभिजन लिगः च्यासलमाथि पुलिसको जित



काठमाडौं, २६ माघ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले च्यासल युथ क्लबमाथि जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पुलिसले च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

खेलको ३७औं मिनेटमा शंकर पासवानले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ५२औं मिनेटमा च्यासलले पाएको पेनाल्टीलाई सदुपयोग गर्दै मौसा अबागानाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

साथै, खेलको ७०औं मिनेटमा पासवानले व्यक्तिगत दोस्रो गोल गर्दै पुलिसलाई २–१ को जित दिलाए ।

यस जितसँगै ९ खेलमा १० अंक जोड्दै पुलिस लिगको दशौँ स्थानमा उक्लिएको छ ।

च्यासल ९ खेलमा ५ अंकका साथ १३ औं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस्