Logo

अनेरास्ववियुले बुझायो स्वास्थ्यमन्त्री खतिवडालाई ज्ञापनपत्र



आर्थिक अभावमा बाँचेको वर्गको उपचारमा निःशुल्क चेकजाँजको व्यवस्था गर्न माग

काठमाडौं, २६ माघ । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्वास्थ्य तथा जनसंख्यमन्त्री विरोध खतिवडालाई ज्ञापनपत्र बुझाएको छ। संगठनको तर्फबाट अध्यक्ष सुदेश पराजुलीले ज्ञापनपत्र वाचन गरेका थिए । आम विद्यार्थीहरुलाई खोपको व्यवस्था गर्नपनि उक्त संगठनले मन्त्री खतिवडासमक्ष माग गरेको छ ।

ज्ञापनपत्रमा भनिएको छ,‘लामो समयदेखि कोभिड संक्रमणका कारण शैक्षिक संस्थाहरु बन्द रहेका छन् । आम विद्यार्थीहरुलाई खोपको अनिवार्य व्यवस्था गर्न माग गर्दछौं । स्वास्थ्यसम्बन्धी संविधानप्रदत्त अधिकार कार्यान्वयन गर्नपनि माग गर्दछौं । स्वास्थ्यलाई निःशुल्क गराउन पहिलो चरणमा टिचिङ, वीर अस्पताल र पाटनजस्ता सरकारी र सामूदायिक अस्पतालमा विद्यार्थी, किसान र मजदुरलगायत आर्थिक अभावमा बाँचेको वर्गका नागरिकको उपचारमा चेकजाँच दर्ता निःशुल्क बनाएर सहज उपचार गर्ने वातावरण निर्माण गर्न अनेरास्ववियु जोडदार माग गर्दछ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot