Logo

धुलिखेलमा हाइड्रोजनबाट बस चलाउनेबारे त्रिपक्षीय सम्झौता



काठमाडौं, २६ माघ । काभ्रेको धुलिखेलस्थित् काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलले हाइड्रोजनबाट बस चलाउने भएका छन् । त्यसका लागि आज काठमाडौं विश्वविद्यालय, धुलिखेल नगरपालिका र रोटरी क्लब अफ धुलिखेलबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर गरिएको मेयर अशोक ब्याञ्जुले जानकारी दिए ।

सम्झौता पत्रमा काठमाडौं विश्वविद्यालयको तर्फबाट स्कुल अफ साइन्सका डिन प्रा.डा. मनिष पोखरेल, धुलिखेल नगरपालिकाको तर्फबाट नगर प्रमुख अशोक कुमार ब्याञ्जु श्रेष्ठ र रोटरी क्लब अफ धुलिखेलका अध्यक्ष अजयबहादुर राईले हस्ताक्षर गरेका हुन् ।

अहिले डा. विराट सिंह थापा र डा. राम लामाको टिमले हाईड्रोजनबाट चल्ने बसको अनुशन्धानको नेतृत्व गरिरहेका छन् । काठमाडौं विश्वविद्यालयले ग्रीन–हाईड्रोजन ल्याब स्थापना गरिसकेको छ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot