Logo

सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा ६९.३६ प्रतिशतले बढ्यो



काठमाडौं, २७ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सानिमा लाइफ इन्सुरेन्सको खुद नाफा ६९.३६ प्रतिशतले बढेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा ५ करोड ५४ लाख ९१ हजार रुपैयाँ खुद नाफा कमाएको कम्पनीको खुद नाफा ९ करोड ३९ लाख ७९ हजार रुपैयाँ पुगेको छ ।

यसअवधिमा जीवन बिमा कोषको आकार ७३.५२ प्रतिशतले बढेर २ अर्ब ८२ करोड ९५ लाख ५० हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसको जीवन बिमा कोषमा १ अर्ब ६३ करोड ७ लाख २ हजार रुपैयाँ थियो ।

एक वर्षको अवधिमा सानिमा लाइफको खुद बिमा शुल्क २१.५२प्रतिशतले बढेर १ अर्ब १६ करोड २१ लाख ७० हजार रुपैयाँ पुगेको छ ।

सानिमा लाइफको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३९ पैसा र प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३७ पैसा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्