Logo

रावा इनर्जी डेभलपमेन्टले आइपीओ निष्कासन गर्दै



काठमाडौं, २७ माघ । रावा इनर्जी डेभलपमेन्ट लिमिटेडले ३ लाख ९९ हजार कित्ता आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले हाल कायम रहेको पुँजीको २० करोड रुपैयाँमध्ये स्थानीयका लागि २ करोड बराबरको २ लाख कित्ता सेयर जारी गर्ने भएको हो । यस्तै, सर्वसाधारण, कर्मचारी तथा सामुहिक लगानी कोषका लागि १ करोड ९९ लाख रकम बराबरको १ लाख ९९ हजार कित्ता गरी कुल ३ लाख ९९ हजार कित्ता आइपीओ निष्कासन गरिने कम्पनीले जनाएको छ ।

आइपीओ जारी गर्नका लागि कम्पनीले प्रभु क्यापिटललाई सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सम्झौतामा रावा इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष बद्रीप्रसाद गौतम तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

यस कम्पनीले खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिकामा अवस्थित रावा खोलामा माथिल्लो रावाखोला साना जलविद्युत आयोजना निर्माण गरिरहेको छ । ३ मेगावाट क्षमताको यस आयोजना निर्माण गरेको कम्पनीले हाल शतप्रतिशत निर्माण कार्य सम्पन्न गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot