Logo

२० लाख रुपैयाँको लोभमा दम्पत्तिले गरे साथीको हत्या



नवलपरासी, २७ माघ । नवलपरासीको रामग्राम नगरपालिका–९ पिपरहिया र जोकवारी सडक खण्डमा हत्या गरी फालिएका अवस्थामा गत माघ ८ गते भेटिएका विजय चौधरीको हत्यारा पक्राउ परेका छन् । चौधरीको हत्यामा सम्लग्न उनकै साथी राजु साह भनिने मञ्जुर आलम देवानलाई प्रहरीले पक्राउ गरेको हो ।

आलमसँगै उनकी श्रीमतीलाई पनि पक्राउ परेकी छिन् । आलम दम्पत्ति मिलेर चौधरीको हत्या गरी शवलाई सडक किनारामा लगी फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । विजयको साथमा रहेको २० लाख रुपैयाँ लुटपाट गर्ने उद्देश्यले विजयको हत्या भएको हो । हत्या लगत्तै आरोपीहरू भारत पुगेपनि प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

जग्गाको कारोबार गर्न भन्द हिडेका विजय माघ ७ गते साँझदेखि घरमा आएका थिएनन् । उनको साथमा रहेको २० लाख रुपैयाँ उनले आफ्ना साथीहरूलाई समेत देखाएका र चौधरीकै साथी रहेका राजु साह भन्ने आलमले आफ्नै घरमा बोलाएर श्रीमतीको सहयोगमा चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

भारतमा पक्राउ परेका आलमले प्रहरीसँगको प्रारम्भिक बयानमा आफूले हात बाँधेर खुट्टा समाएको र श्रीमतीले घाँटी कसेर चौधरीको हत्या गरेको बयान दिएका छन् । यस बारेमा आज प्रहरीले २ः ३० बजे पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot