Logo

एमसीसीबारे नेपालमा भैरहेको बहसप्रति अमेरिकी राजदूत बेरीको ‘असन्तुष्टि’



काठमाडौँ, २७ माघ। अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई लिएर नेपालमा भैरहेको बहसप्रति राजदूत र्‍यान्डी जे बेरीले घुमाउरो ढंगले असन्तुष्टि व्यक्त गरेका छन् । आज (बिहीबार) सामाजिक संजाल ट्वीटरमार्फत घुमाउरो ढंगले असन्तुष्टि पोखेका हुन्।

ट्वीटरमार्फत बेरीले भनेका छन् : म जान्न उत्सुक छु । तपाईंले अनलाइनमा अफवाहहरुको पहिचान कसरी गर्नुहुन्छ ? म जिज्ञासु छु, तपाईंले कसरी अनलाइनबाट जानकारी लिनुहुन्छ । चम्किला अक्षरबाट ? विश्वसनिय नभएका दावी गरिएका स्रोतबाट ? के तपाईंले सूचनाको तथ्यजाँच वा वैकल्पिक दृष्टिकोण एकीकृत गर्नुहुन्छ ?’



प्रतिक्रिया दिनुहोस्