Logo

विश्व हिन्दू युवासङ्घको सम्मेलन देवघाटमा



चितवन, २७ माघ; विश्व हिन्दू युवासङ्घको पहिलो राष्ट्रिय सम्मेलन देवघाटको बागेश्वर आश्रममा हुने भएको छ । फागुन ८ देखि १० गतेसम्म सम्मेलन हुन लागेको हो । सम्मेलनमा देशभरबाट ७०० हाराहारी प्रतिनिधि सहभागी हुनेछन् ।

सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङ्ग शाहका अनुसार सङ्घको हालसम्म गरेका गतिविधि, भावी रणनीति र सरकारलाई दिइने सुझावका विषयमा छलफल गरिने छ । सङ्घले गोरक्षनाथ, गाई र गाँजाका विषयमा बहस उठाउँदै आएको छ । पूर्वीय दर्शनलाई नेपालले अँगाल्नुपर्छ भन्ने मान्यताका साथ सङ्घले काम गर्ने उनको भनाइ छ । गोरक्षनाथ राजनीतिक दर्शन हो भने गाई स्वास्थ्य विज्ञानसँग समेत जोडिएको शाह बताए ।

देशभरमा ४५ जिल्लामा सङ्घको शाखा छ । विश्वमा २५ देशमा शाखा रहेको शाहले जानकारी दिए । सङ्घका जिल्ला अध्यक्ष श्याम पौडेलले पहिलो सम्मेलन हुन लागेको भन्दै तयारीमा जुटेको बताए । सहभागीलाई देवघाटका आश्रमहरूमा बस्ने व्यवस्थापन गरिएको छ । उनले भने, “हामी रु १० लाखभित्र सम्मेलन सम्पन्न गर्ने गरी तयारीमा जुटेका छौँ”, सङ्घ विश्व हिन्दू महासङ्घअन्तर्गत युवाहरुको संस्था हो ।-रासस



प्रतिक्रिया दिनुहोस्