Logo

ललितपुरमा आफ्नै ट्याक्सीभित्र चालक मृत भेटिए



ललितपुर, २७ माघ । ललितपुरमा ट्याक्सी चालक मृतावस्थामा भेटिएका छन् । आज बिहान ११ बजे बागमती गाउँपालिका वडा नम्बर ६ घर भइ तिलगंगा बस्ने ४८ वर्षीय वीरबहादुर बम्जन ट्याक्सीभित्र मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका–५ स्थित लेले भञ्ज्याङको सडक छेउमा पार्किङ गरेको राखिएको आफ्नै ट्याक्सीभित्र बम्जन मृतावस्थामा फेला परेका थिए । ट्याक्सीभित्र शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ट्याक्सी बाहिर विषको बट्टा भेटिएको पनि प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्