Logo

एसइईको परीक्षा प्रदेशलाई दिनेगरी कानुन निर्माण हुँदै



काठमाडौं, २७ माघ । एसइईको परीक्षा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण भइरहेको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताएका छन्। बिहीबार शिक्षा पत्रकार नेपालले गरेको कार्यक्रममा बोल्दै शर्माले एसइईको परीक्षा गर्ने जिम्मा प्रदेश सरकारलाई दिनेगरी कानुन निर्माण गरिरहेको बताएका हुन् ।

ऐनमा व्यवस्था नभई सबै कुरा प्रदेश सरकारलाई दिन कानुनतः अप्ठ्यारो हुने भएकोले सरकारले प्रदेशलाई अधिकार दिने कानुन पारित गरेमा प्रदेशले नै एसइईको परीक्षा लिने बोर्डले तयारी गरेको छ ।

बोर्डको अनुसार आगामी बैशाखमा हुने एसइई परीक्षामा २ हजार वटा केन्द्र रहने र ११ हजार बढी विद्यालयका करिब ५ लाख विद्यार्थी यस पटकको एसइईको परीक्षामा सहभागीता जनाउनेछन् । कक्षा १२ को परीक्षाको समयतालिका केही दिनभित्रै सार्वजनिक गर्ने तयारी राष्ट्रिय परीक्षा बोर्डले गरिरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot