Logo

फागुन २ गतेको संसद् बैठक सार्न एमालेको आग्रह



काठमाडौं, २७ माघ । प्रमुख विपक्षी दल नेकपा (एमाले) ले आगामी फागुन २ गतेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सार्न आग्रह गरेको छ।एमालेका प्रमुख सचेतक विशाल भट्टराईले फागुन २ गतेको लागि बोलाईको बैठक सार्नको लागि सभामुख अग्निप्रसाद सापकोटालाई आग्रह गरिएको रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।

भट्टराईले फागुन २ गते आफ्नो पार्टीको प्रदेश १ स्तरीय भेला राखिएको सुनाए । पछिल्लो समय विभिन्न कारण देखाउँदै प्रतिनिधिसभाको बैठक सारिँदै आईएको छ । अब बस्ने संसद् बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी अघि बढाउने तयारी गरेका छन् ।

तर, सभामुख सापकोटाले भने एमसीसी सदनमा पेश नगर्ने भन्दै पन्छाउन खोजिरहेका छन् । एमसीसीको कारण सत्ता गठबन्धन नै भत्किनेपनि चर्चा छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot