Logo

देशका उद्योगधन्दा खत्तम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो : भीम रावल



काठमाडौं, २८ माघ । नेकपा (एमाले) का नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले नेपाली कांग्रेसले देशका उद्योगधन्दा खत्तम गरी परनिर्भरता बढाएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत नेता रावलले यस्तो टिप्पणी गरेका छन् ।

उनले ट्विटरमा लेखेका छन्–

नेपाली कांग्रेसले १९५० को सन्धिको समर्थन, कोशी, गण्डकी र महाकाली सम्झैता गरी राष्ट्रिय स्वाधीनता र हितमा गरेको आघातको इतिहासलाई राष्ट्रघाती प्रावधान रहेको एमसीसी सम्झौताको समर्थन गरी फेरी बल्झाउदै छ।उदारवादको हल्ला चलाई देशका उद्योगधन्दा खतम गरी परनिर्भता बढाउने पनि कांग्रेसै हो।

नेपालको स्वाधीनता, स्वतन्त्रता र हित विपरीतका एमसीसीका प्रावधानहरू प्रति आँखा चिम्लेर विदेशी स्वार्थ र दवावका सामु आत्मसमर्पण गर्नु देश र जनताप्रतिको गद्धारी र राष्ट्रलाई पराधीन तुल्याउने बाटोमा धकेल्ने अपराध हो। यस्तो अपराध नेपालीको नेता हुँ भन्नेले गर्न मिल्दैन।



प्रतिक्रिया दिनुहोस्