Logo

सभामुखमाथि खनिए एमाले महासचिव पोखरेल



काठमाडौं, २८ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सभामुखले सरकारी विजनेश रोक्नु गलत भएको बताएका छन् । पछिल्लो समय एमसीसी सदनमा टेबुल गर्नबाट सभामुख अग्निप्रसाद सापकोटाले रोकिरहेको भन्ने चर्चा चलिरहेको बेला पोखरेलको यस्तो भनाई आएको हो ।

उनले एमालेले कारबाही गरेका १४ जना सांसदको सूचना सभामुखले लुकाउनु र सरकारी विजनेश रोक्नु उस्तै भएको पनि उल्लेख गरेका छन् । उनले लेखेका छन्-‘सरकारी विजनेस सभामुखले रोक्नु गलत हो। यो नेकपा९एमाले०ले कार्वाही गरेका १४जना सांसदको सूचना सभामुखले लुकाएजस्तै हो। गलतलाई गलत भनौ।’



प्रतिक्रिया दिनुहोस्