Logo

बीमा समितिले कर्मचारीको शैक्षिक प्रमाणपत्रको छानबिन गर्ने



काठमाडौं, २८ माघ । बीमा समितिले बीमा कम्पनीहरुमा कार्यरत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्रकोे छानबिन सुरु गर्ने भएको छ । नक्कली शैक्षिक प्रमाण पत्रका आधारमा काम गरेको उजुरी धेरै आएपछि समितिले छानबिन गर्न लागेको जनाएको छ ।

समितिले २० माघ गते नै सबै बीमा कम्पनीहरुलाई पत्राचार गर्दै शैक्षिक प्रमाणपत्रको विवरण माग गरेको छ । पत्रमा ७ दिनको समयसीमा नै तोकेर शैक्षिक प्रमाणपत्रको विवरण माग गरिएको हो ।

२५ प्रतिशत कर्मचारीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुनसक्ने अनुमान गरिएको छ । बीमा समितिले अवकाश लिएका कर्मचारीहरुलाई पनि बीमा कम्पनीहरुलाई पत्राचार गरेर शैक्षिक प्रमाण पत्रबारे जानकारी गराउन आग्रह गरेको छ । शंका लागेका कर्मचारीहरुको सक्कलै प्रमाण पत्र समेत हेर्ने समितिको योजना रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot