Logo

सहमहामन्त्री राठौरको आरोप– नेपालका कम्युनिष्टहरु विकासविरोधी भए (भिडियोसहित)



काठमाडौं, २८ माघ । नेपाली काँग्रेसका सहमहामन्त्री किशार सिहं राठौरले नेपालका कम्युनिष्ट पार्टीका नेताहरु विकास विरोधी भएको आरोप लगाएका छन् ।

हिजो राति प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम ‘जनता जान्न चाहन्छन्’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने, ‘कम्युनिष्ट पार्टीका नेताहरु देशमा विकास भएको हेर्नै चाहदैनन् । तर, नेपाली काँग्रेस पार्टी विकासको पक्षमा छ । हामी जसरी भएपनि एमसीसी पास गराउँछौं ।’

यस्तै, उनले हिजो बसेको नेपाली काँग्रेस पार्टीको कार्यसम्पादन समितिको बैठकमा पार्टीका भातृ संगठनका रोकिएका अधिवेशनलाई कसरी अगाडी बढाउने भन्ने विषयमा छलफल भएको बताए ।

 



प्रतिक्रिया दिनुहोस्