Logo

जलजलाका भाई मसालबाट एमालेमा पसेपछि…



काठमाडौं, २८ माघ । जलजलाका भाई हुन् अजय शर्मा । योगेन्द्र ढकाल खास नाम भएका अजय नेकपा मसाल परित्याग गरी नेकपा एमालेमा आज प्रवेश गरेका छन् ।

कम्युनिस्ट पार्टीमा जलजला चर्चित काण्डकै रुपमा लिइन्छ । २०३५ सालमा मोहनविक्रम सिंहमाथि जलजलालाई जोडेर गम्भीर आरोप लाग्यो । उनी कारबाहीमा समेत परे ।

विद्या ढकाल अर्थात् जलजलाको भारतमा दुर्घटनामा परी मृत्यु भएको भनियो । यसलाई कम्युनिस्ट आन्दोलनमा रहस्यमय मानिएको छ ।

आज योगेन्द्र ढकाल एमाले प्रवेश गर्दा जलजलाको विषय पनि आयो । पत्रकार उजिर मगरले जलजलाबारे सामाजिक सञ्जालमा लेखेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot