Logo

बेइजिङ ओलम्पिकबाट ३० करोड चिनियाँ प्रेरित : राष्ट्रपति सी



काठमाडौं, २८ माघ। चिनियाँ राष्ट्रपति सी जिनेपिङले चीनमा जारी बेइजिङ ओलम्पिक्सले आफना ३० करोड जनता प्रेरित भएको बताएका छन । यसले अन्तर्राष्ट्रिय ओलम्पिक उद्देश्यको विकासमा ठूलो योगदान गर्ने उनको विश्वास छ ।

मानिसहरूको शारीरिक स्वास्थ्य सुधार गर्न सामूहिक शीतकालीन खेलकुदहरू तीव्र रूपमा विकास गर्नुपर्ने भन्दै उनले खेलले आपसी साझेदारी, खुलापन र सरसफाइने समेत मद्दत पुग्ने धारणा राखे । खेल आयोजना भने पर्यावरण अनुकूल हुने सिद्धान्तमा व्यवस्थित हुनुपर्ने को भनाइ छ ।

कोरोनाभाइरसको ओमिक्रोन भेरियन्ट महामारीको तेस्रो लहरसँगै उच्च सुरक्षा सतर्कता साथ प्रतियोगिताको खेलहरू उत्साहकासाथ भैरहेका छन ।

९१ राष्ट्र सहभागीे विन्टर ओलम्पिकमा झण्डै तीन हजार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन । विन्टर वेइजिङ ओलम्पिक अमेरिका, बेलायत, भारत लगायत विभिन्न देशले कुटनीतिकरुपमा बहिष्कार गरेका छन ।

उनीहरूले चीनमा मानव अधिकारको अवस्था चिन्ताजनक रहेको जनाउँदै ओलम्पिकको उद्घाटन र समापनमा सहभागी नहुने घोषणा गरेका हुन् ।

हिउँमा खेलिने खेलमा १०९ स्वर्ण पदकको लागि विभिन्न देशका खेलाडीहरुबीच प्रतिस्पर्धा हुँदैछ । विन्टर ओलम्पिक २०२२ फेब्रुअरी २० तारिखसम्म संचालन हुनेछ ।

राष्ट्रपति सीले सम्पदाको संरक्षण गर्न र शहरहरूमा प्रतीकात्मक प्रभाव ल्याउन ऊर्जा बचत र वातावरणीय मापदण्डहरू पनि कडाइका साथ लागू गर्न निर्देशन दिएका छन ।

बेइजिङ ओलम्पिकको सफल आयोजनाले चिनियाँ राष्ट्रको पुनरुत्थानलाई साकार पार्ने, देशको आत्मविश्वासलाई अघि बढाउने र मानवजातिको साझा भविष्यको साथ समुदाय निर्माण गर्न प्रतिबद्ध चीनलाई सकारात्मक, समृद्ध र खुला राष्ट्रको रूपमा प्रस्तुत गर्न मद्दत पुग्ने सीको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस्