Logo

एमसिसी सार्ने पक्षमा अध्यक्ष नेपाल



काठमाडौं, माघ २९ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एमसिसीको न समर्थन गर्न सकेका छन्, न विरोध। उनी यसलाई सार्ने पक्षमा तर्कहरू राखेका छन्।

शुक्रबार वीरगन्जमा समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले एमसिसीको विरोधमा जनमत देखिएकाले कतिपय कुराहरू मिलाउनु पर्ने बताए। सरकारलाई नेतृत्व गरेको नेपाली कांग्रेससँग सत्ता साझेदारी जोगाउन सचेत देखिएका अध्यक्ष नेपाल एमसिसीको बारेमा निकै सावधानीपूर्वक र पक्ष वा विपक्षमा नदेखिने गरी आफ्नो धारणा राखे।

उनले यथास्थितिमा एमसिसीको समर्थन गर्न नसकिने बताउँदै केही बुँदामा प्रष्टिकरण आवश्यक रहेको बताए। ‘जनमत एमसिसीको विपक्षमा रहेकोले कसरी हामीले जनमतलाई आश्वस्त बनाउने भन्ने कुरा एउटा ठूलो चुनौती रहेको छ,’ अध्यक्ष नेपालले भने, ‘यसलाई सार्न पाए राम्रो हुन्छ। एमसिसीका बारेमा भए–नभएको प्रचार भइरहेको छ। त्यसमा प्रस्ट पार्न आवश्यक छ।’ एमसिसीलाई सार्न पाए गहिरो गरी अध्ययन गर्न र यसउपर छलफल गर्न समय पाइने उनको तर्क थियो। नागरिक दैनिकबाट



प्रतिक्रिया दिनुहोस्