Logo

टी–२० सिरिज अन्तर्गत नेपालले आज युएईसँग प्रतिस्पर्धा गर्दै



काठमाडौं, २९ माघ । चारदेशीय टी–ट्वान्टी सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले आज (शनिबार) युएईसँग प्रतिस्पर्धा गर्दैछ ।

अल अमरेट क्रिकेट मैदानमा हुने नेपाल र युएईबीचको खेल बिहान ११ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेल ओमानलाई ६ विकेटले पराजित गरेको नेपालले युएईलाई हराउँदै सिरिजमा लगातार दोस्रो जित निकाल्न चाहन्छ ।

युएईविरुद्धको पछिल्लो तीन भेटमा भने नेपालले दुई जित र एकमा हार व्यहोरेको छ । नेपालले सिरिजको अन्तिम खेलमा सोमबार आयरल्यान्डसँग खेल्नेछ।

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको ग्लोबल छनोट ए अघि नेपालले चारदेशीय सिरिज खेलिरहेको हो।



प्रतिक्रिया दिनुहोस्

Screenshot