Logo

‘ए’ डिभिजन लिगमा आज तिन खेल हुँदै



काठमाडौं, २९ माघ । ‘ए’ डिभिजन लिग फुटबलमा आज (शनिबार) तीन खेल हुँदैछ ।

लिगको दशौँ चरण अन्तर्गतका तीन खेलमा दुई खेल दशरथ रंगशाला र एक खेल एन्फा कप्लेक्समा हुनेछ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा मछिन्द्र फुटबल क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

मछिन्द्र ९ खेलमा २३ अंक जोडेर शीर्ष स्थानमा रहेको छ भने ९ खेलमा ५ अंक जोडेको च्यासल पुछारमा रहेको छ ।

दशरथ रंगशालामा हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र थ्री स्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल ४ः४५ बजे सुरु हुनेछ ।

९ खेलमा १९ अंक जोड्दै मनाङ दोस्रो स्थानमा रहेको छ भने थ्री स्टार १६ अंकका साथ चौंथो स्थानमा रहेको छ ।

यस्तै सातदोबाटोस्थित एन्फा कप्लेक्समा हुने खेलमा नेपाल पुलिस क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

सातदोबाटो १२ अंकका साथ सातौं स्थानमा रहेको छ भने १० अंक जोडेको पुलिस दशौँ स्थानमा रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस्