Logo

फ्रेन्च लिग वानः पीएसजीको कठिन जित



काठमाडौं, २९ माघ । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेनसमाथि जित निकालेको छ ।

शुक्रबार राति भएको खेल पीएसजीले रेनसलाई १–० गोल अन्तरले पराजित गरेको हो ।

खेलको इन्जुरी समयमा लियोनल मेस्सीको पासमा पीएसजीका केलियन एमबाप्पेले गोल गर्दै टोलीलाई जित दिलाए ।

यस जितसँगै २४ खेलमा ५९ अंक जोडेको पीएसजी शीर्ष स्थानमा यथावत रहेको छ ।

रेनस ३७ अंकका साथ पाँचौं स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस्