Logo

प्रधानमन्त्री देउवा, दाहाल र माधव नेपाल छलफलमा, एमसीसी मुख्य विषय



काठमाडौं, २९ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ। एमसीसीलाई लिएर सत्ता गठबन्धन नै धरापमा पर्न लागेको बेला तीन नेता आज छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री देउवाले एमसीसी यही फागुन २ गते बस्ने संसद् बैठकमा पेश गर्न चाहेका छन् । तर, प्रचण्ड र माधव नेपालले भने यथास्थितिमा एमसीसीको पक्षमा मतदान गर्न नसकिने अडान लिएका छन् । तर, प्रचण्ड भने एमसीसीको कारण ठूलो दबाबमा छन् ।

हालै प्रधानमन्त्री देउवा र प्रचण्डले एमसीसीलाई लेखेको पत्र बाहिरिएको छ । जसमा एमसीसी पास गराउनको लागि चार/पाँच महिनाको समय मागिएको थियो । एमसीसीले पनि यही फेब्रुअरी २८ तारिखभित्र एमसीसीबारे निर्णय लिन समयसिमा दिएको छ। एमसीसीलाई लिएर माओवादी केन्द्रभित्र मत विभाजित बनेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot