Logo

भारतमा कोरोना संक्रमण दर घट्दो क्रममा



एजेन्सी, २९ माघ। भारतमा पछिल्लो २४ घण्टामा थप ४८ हजार ४ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

सोही अवधिमा १ लाख २६ हजार जना कोरोना संक्रमित संक्रमण मुक्त भएको भारतीय सञ्चार माध्यमले जनाएको छ । त्यस्तै,गत २४ घण्टामा भारतमा थप ८ सय ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भारतमा हाल ६ लाख १९ हजार सक्रिय संक्रमित रहेका छन् ।

भारतमा पछिल्लो केही सातादेखि कोरोनाबाट निको हुनेको दैनिक संख्या एक लाख भन्दा बढी रहेको छ । अघिल्लो साता उच्च बिन्दूमा पुरेर ओरालो लागेको कोरोनाको ओमिक्रोन भेरियन्टको संक्रमण दर अहिले घटेको समेत भारतीय सञ्चार माध्यमले जनाएका छन ।-Photo: Agency



प्रतिक्रिया दिनुहोस्