Logo

मन्त्री नै खटिए बागमती सफाइ अभियानमा(फोटोफिचर)



काठमाडौं, २९ माघ। सरुवा रोग लाग्नुमा पानीको धेरै ठूलो भूमिका हुन्छ । दुषित पानीका कारण विभिन्न रोग निम्तिने गरेको अहिलेसम्मको अध्ययन, अनुसन्धानले देखाएको छ ।

नदी, खोला, नाला, धारा, कुवालगायतका पानीमा फोहोर मिसिदा हैजा, झाडापखला जस्ता सरुवा रोग मानिसमा सर्ने गरेको छ । बागमती नदीको पनि स्वच्छ, सफा राख्न र सरुवा रोगको स्रोत हुनबाट जोगाउन निरन्तर रुपमा बागमती सफाइ अभियान चलिरहेको छ । उक्त बागमती सफाइ अभियानमा बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठ पनि सहभागी भएका छन् ।

मन्त्री हुनुभन्दा पहिला पनि बागमती प्रदेशको प्रदेशसभा सदस्यको हैसियतमा एक सफाइ अभियान्ताका रुपमा मन्त्री श्रेष्ठको यो अभियानमा नियमित संलग्नता रहँदै आएको थियो । बागमती सफाई अभियानको ४ सय५७ औं हप्ताको सफाइ कार्यक्रममा शनिबार उनी सहभागी भएका हुन् । बागमती सभ्यता एकीकृत विकास समितिका अध्यक्ष उद्धव तिमल्सिनाले उक्त अवसरमा मन्त्री श्रेष्ठलाई सम्मान समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्