Logo

देउवा र ओलीलाई मिलेर एमसीसी पास गर्न प्रचण्डको चुनौती



काठमाडौं, १ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमसीसी पारित गरेर देखाउन चुनौती दिएका छन् । उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई मिलेर एमसीसी पास गर्न चुनौती दिएका हुन् ।

‘तपाईंहरु दुईजना मिल्नुहोस् पास गर्नुहोस् हामी अपोजिसन राख्छौं,’ ऋषि धमलासँग प्राइम्स टाइम्स टेलिभिजनमा प्रचण्डले देउवा र ओलीको नामै लिएर भने । एमसीसीबारे ओलीले विगतमा भनेको हेर्दा देउवालाई साथ दिनुपर्ने बताए । उनले भने, ‘ओलीजीले हिजो भनेको हेर्दा अन्तत साथ दिनुपर्छ ।’

ओली एमसीसीमा भन्दा पनि गठबन्धन टुटाउन लागेको बताए । ओली सेन्टिमेन्ट र स्टन्टबाट चल्ने भएकाले यसै भन्न नसकिने बताए । उनले भने, अन्तत ओलीजी एमसीसीलाई असफल बनाउन नै लाग्ने देखिदैछ ।

एमसीसी पास गर्न देउवा र ओली मिल्ने चर्चा चलिरहँदा प्रचण्डको पछिल्लो भनाई सार्वजनिक भएको हो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot