Logo

कामना बैंकको “कामना सेवा कस्टुमर डे’ सम्पन्न



काठमाडौं, १ फागुन । कामना सेवा बिकास बैंक लिमिटेडले ग्राहकको सन्तुष्टिलाई प्राथमिकता दिदैँ बैंकले प्रदान गर्ने सेवा र सुविधालाई थप सरल एवं ग्राहकमैत्री सेवा प्रवाह गर्न ’KSBBL CARE’ वार्षिकोत्सवको अवसरमा बैंकले प्रथम ‘Kamana Sewa Customer Day’ सम्पन्न गरेको  छ । देशव्यापी रुपमा बैंकले ग्राहकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरी उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविन बस्नेतले बैंकको उतरोतर प्रगतीमा निरन्तर साथ र सहयोग प्रदान गर्नु भएकोमा सम्पूर्ण ग्राहकहरु कृतज्ञता व्यक्त गर्नुका साथै ग्राहकको आवश्यकता अनुसार भरपर्दो र गुणस्तरीय सेवाहरु प्रदान गर्दै निरन्तर सेवाहरुमा उत्कृष्टता ल्याउन बैंक प्रतिबद्ध रहने बताएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot