Logo

हस्ताक्षकर्ता काँग्रेस सांसदहरु नै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग दर्ता भएपछि आश्चर्यचकित



काठमाडौं, १ फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभाका सांसदहरुलाई विहानै बोलाए । हतार हतार देउवाले बोलाएर गएका सांसदहरुको हस्ताक्षर संकलन हुनथाल्यो । हस्ताक्षर किन संकलन गरेको भनी देउवालाई कतिपय सांसदहरुले सोधे । उनीहरुलाई पार्टीमा कानून बुझेका सांसदहरुलाई सोध्न भनियो ।

हस्ताक्षर संकलनमा पुष्पा भुसाल सक्रिय थिइन् । कतिपयले एमसीसीका लागि हस्ताक्षर संकलन हो भन्ने ठाने । तर, प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग दर्ता भएको सुन्दा हस्ताक्षरकर्ताहरु नै आश्चर्यमा परेका थिए ।

विश्वस्त स्रोतका अनुसार अचानक जबराविरुद्ध महाभियोग दर्ता हुँदा कतिपय सांसद पार्टी दुर्घटनामा पर्ने त होइन भन्ने समिक्षामा लागेका छन् । रिपोर्टर्स नेपालसँगको कुराकानीमा एकजना सांसदले भने,‘यो के भइरहेको छ बुझ्न कठिन भयो ।’

सत्ता गठबन्धनका तर्फबाट प्रधानन्यायधीश जबराविरुद्ध महाभियोग दर्ता भएपछि उनी निलम्बनमा परेका छन् । तर, उनले आफूले महाभियोगको फेस गर्ने बताइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot