Logo

संसद सचिवालयले राणाविरूद्ध महाअभियोगको जानकारी राष्ट्रपति कार्यालयलाई गरायो



काठमाडौं, १ फागुन । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरूद्ध महाअभियोग दर्ता भएको संसद सचिवालयले राष्ट्रपति कार्यालयसहित विभिन्न ठाउँमा जानकारी गराएको छ ।

सचिवालयले राणामाथि महाअभियोग दर्ता भएको राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, संवैधानिक परिषद्को कार्यालय, सर्वोच्च अदालत र न्याय परिषदलाई पत्र लेख्दै जानकारी गराएको हो ।

संघीय संसदले पठाएको पत्रमा संविधानअनुसार अब राणाले महाअभियोग टुंगो नलागेसम्म प्रधानन्यायाधीशको रूपमा काम गर्न नपाउने उल्लेख गरिएको छ ।

 



प्रतिक्रिया दिनुहोस्