Logo

आजदेखि रात्रिकालीन व्यवसाय सञ्चालन गर्न पाइने



काठमाडौं, १ फागुन । कोरोना भाइरसको तेस्रो लहरको कारण गत माघ ७ गतेदेखि बन्द गरिएका रात्रिकालीन व्यवसाय रेस्टुरेन्ट, डान्स बार, सिनेमा हललगायत व्यवसाय आजबाट खुल्ला गर्न अनुमति दिइएको छ ।

आजबाट डान्सबार, दोहोरी, नाचघर, लाउन्ज, पब, क्लबलगायत रात्रिकालीन व्यवसाय, सिनेमा हल, हेल्थ क्लब, जिमखाना, स्विमिङपुल तथा फुट्सल, जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी आजदेखि राति १० बजेमा नबढ्ने गरी सञ्चालन हुन लागेका हुन् ।

त्यसैगरी, विद्यालय पनि आजबाट खुल्ला भएका छन् । विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गर्न निर्देशन दिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot