Logo

२ वर्षपछि काममा फर्किइन् रिया चक्रवती, भन्छिन्,‘सूर्य सधैं चम्किन्छ,कहिले हार नमानु’



एजेन्सी, १ फागुन । दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युलाई लिएर विवादमा आएकी अभिनेत्री रिया चक्रवर्तीले काम सुरु गरेकी छिन् । सन् २०२० देखि उनी विवादमा परेकी थिइन् । रिया चक्रवर्ती पछिल्लो पटक फिल्म चेहरेमा देखिएकी थिइन् । त्यसयता उनी उद्योगबाट टाढिएकी थिइन् । रिया चक्रवर्ती आफैंले सामाजिक सञ्जालमार्फत अब भने काममा फर्किने जानकारी दिएकी छन् ।

रिया चक्रवर्ती सामाजिक सञ्जालमा सक्रिय रहन्छिन् । उनले आफ्ना फ्यानसँग जोडिनका लागि विशेष तस्विर र भिडियो पनि सेयर गरिरहेकी छिन् । उनी आफ्ना प्रोजेक्टका बारेमा जानकारी पनि दिइरहेकी छिन् । चक्रवर्तीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा आफ्नो एक भिडियो सेयर गरेकी छिन् । उनको यो भिडियो डबिङ स्टुडियोको हो । यस भिडियोमा रिया चक्रवर्ती रमाइलो गरिरहेको देखिएकी छिन् ।

भिडियोमा रिया चक्रवर्तीले कालो कपडा लगाएकी छिन् । उनी हातमा स्क्रिप्ट लिएर डबिङ गरिरहेको देखिन्छिन् । यो भिडियो सेयर गर्दै रिया चक्रवर्तीले विशेष क्याप्सन पनि लेखेकी छिन् । भिडियोको क्याप्सनमा उनले लेखेकी छिन्, ‘हिजो २ वर्षपछि काममा गएको छु । मेरो कठिन समयमा मेरो साथ दिनुहुने सबैलाई धेरै धेरै धन्यवाद । जे होस्, घाम सधैं चम्किरहेको हुन्छ। कहिले हार नमानु।’

रिया चक्रवर्तीको यो भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । अभिनेत्रीका फ्यानहरुले उनको भिडियोलाई निकै रुचाएका छन् । रिया चक्रवर्तीका लागि सन् २०२० निकै कठिन रह्यो । दिवंगत अभिनेता सुशान्त सिंह राजपुत लागूऔषध मुद्दामा उनी जेल पनि परिन् । उनी धरौटीमा जेलबाट छुटेका हुन् । अहिले अदालतमा मुद्दा चलिरहेको छ । राजपुतको मृत्युपछि रिया चक्रवर्तीलाई निकै ट्रोल गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्