Logo

डाँका चोरीमा संलग्न २ जना पक्राउ



बाँके,१ फागुन । डाँका चोरीमा संलग्न २ जना पक्राउ परेका छन् । डाँका चोरीमा संलग्न रहेको अभियोगमा २ जनालाई १ थान कटुवा पेस्तोल सहित जानकी गाउँपालिका–५ बुढियागाउँबाट भारत रुपैडिहा निबिया घर बताउने २६ वर्षीय डब्लु मनिहार र भारत बाबागंज बाबाकुटी घर बताउने २८ वर्षीय निजामुद्दिन कवडिया शनिबार पक्राउ परेका हुन् ।

बर्दिया बढैयाताल गाउँपालिका–८ सितबजार बस्ने पर्शुराम सार्कीको घरमा गत पुस २९ गते राति पेस्तोल देखाई करिब ३ लाख ३५ हजार रुपैयाँ बराबरको नगद र सुन लुटपाट भएको तथा माघ १७ गते बाँके खजुरा गाउँपालिका डि गाउँ बस्ने हरी प्रकास बिकको घरबाट नगद ५० हजार रुपैयाँ, साढे ३ तोला सुन र मोटरसाइकल चोरी भएको घटनामा संलग्न उनीहरुलाई ईलाका प्रहरी कार्यालय खुद्रा खजुराबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

साथै चोरी भएको उक्त मोटरसाइकल माघ १८ गते बर्दिया बढैयाताल गाउँपालिका-५ बढैयाताल नजिकै रहेको पोखरीमा प्रहरीले फेला पारेको जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले बताएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot